देवीघाट–गल्छी सडक मर्मत द्रुतगतीमा
बिदुर – भोटेकोसी हुदैँ रसुवागढीवाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले मुख्य सडक तथा पुलहरुमा ठुलो क्षति पु¥याएपछि अवरुद्ध भएको सडक सुचार गर्ने कार्य भइरहेको छ । नयां ट्रयाक खनेर देवीघाट–गल्छी सडक सन्चालनमा ल्याउने कार्य भइरहेको छ । उक्त सडकमार्गको वीचमा रहेको बेलकोटगढी नगरपालिका–७ महादे्वफांट पुछारमा बाढीले सडकसहित कटान गरेपछि दैनिक चार थान स्काभेटरमार्फत नयां ट्रयाक खोल्ने कार्य भइरहेको छ ।

तीनदिनभित्र यातायात सुचारु गर्ने तयारी अनुसार सडक पुर्ननिर्माण कार्य भइरहेको छ । यसका साथै बाढीले पुल ध्वस्त पारेर अवरुद्ध भएको नुवाकोट र रसुवा जोड्ने वेत्रावतिमा हिडडुलका लागि अस्थायी संरचनाको निर्माण सुरु गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१० वेत्रावतीमा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले ठूलो भौतिक तथा मानवीय क्षति निम्त्यायो ।

वेत्रावती पुग्न सहज पहुँच मार्ग छैन । यसअघिको मुख्य सडकअन्तर्गत करिब एकदशमलव ५ किलोमिटर सडक क्षतिग्रस्त हुँदा आवतजावतमा ठूलो समस्या रहेको वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ । उनका अनुसार तत्काल सडक सञ्चालन आवश्यक रहेको छ । जस अनुसार वेत्रावतीमा नुवाकोट–रसुवा जोड्ने फड्के निर्माण सुरु गरिएको छ ।

बाढीले वेत्रावती बजारस्थित नुवाकोट र रसुवाजोड्ने दुई पक्की पुलमा क्षति पु¥याएपछि १८ दिनदेखि आवागमन ठप्प भएको छ । खोज तथा उद्धारका लागि वेत्रावती पुगेको संयुक्त सुरक्षाकर्मीको टोलीलाई स्थानीयवासीले नुवाकोट–रसुवा जोड्न फड्के भए पनि निर्माण गर्न आग्रह गरेका थिए । स्थानीयको आग्रहअनुसार फड्के निर्माणको काम सुरु भएको हो । वेत्रावतीमा निर्माण भइरहेको फड्केबाट रसुवा र नुवाकोट चाँडै जोडिने आशा गरिएको छ ।














































