रिमालडांडाको पानी बिदुरमा

– बिदुरवासीलाई सुविधा
लोकखबर
२०८३ भाद्र २७, शनिबार १५:२९

बिदुर – भोटेकोसी हुदैँ रसुवागढीवाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले पाइपलाइनमा ठुलो क्षति पु¥याएको छ । यससगैँ अबरुद्ध भएको खानेपानी वितरण कार्य सुचारु गराउने कार्य सुरु भएको छ । जसअन्र्तगत विदुर नगरपालिकाको सहजिकरणमा विदुर नपा वडा नं २ र ४ स्थित विदुरमा खानेपानी समस्याको समाधानको लागी रिमालडाँडा मुहानको पानी विदुर ट्याङ्कीमा ल्याइएको छ ।

खानेपानी सुचारु गराई विदुरका बासिन्दालाई सहज बनाउनको लागी नगरपालिकाको समन्वयमा आवश्यक पाइपहरु विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थालाई उपलब्ध गराई सशस्त्र प्रहरी बलको श्रम सहयोगबाट रिमालडाँडा हुदैँ धोवीखोलाबाट विदुर ट्याङ्कीमा पानी ल्याउन सफल भएको हो । विदुर नपाको विभिन्न वस्तीमा खानेपानी सेवा सुचारु गराई नगरबासीको दैनिकी सहज बनाउन नगरपालिकाले आवश्यक लगानी, समन्वय, सहजिकरण मार्फत समस्यालाई समाधान गर्दै अघि बढिरहेको हुदाँ बाँकी रहेका स्थानमा खानेपानी सहित विभिन्न समस्याको समाधानमा पनि मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विभिन्न वडाका वडाध्यक्षहरु तथा विदुर खानेपानीको समिति सक्रिय रुपमा क्रियाशील भइरहेका छन् । यससगैँ अबरुद्ध भएको खानेपानी वितरण कार्य सुचारु गराउने कार्य सुरु भएको छ ।

 

 


सर्वाधिक रुचाइएको