पुर्व प्रधानमन्त्रि प्रचण्ड बाढीग्रस्त नुवाकोटमा

– पीडितको पुर्नस्थापनामा जोड
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र २७, शनिबार १५:३७

बिदुर – चीनको भोटेकोसी नदी हुँदै रसुवागढी नाकाबाट अकल्पनीय रुपमा आएको बाढीले गरेको क्षतिको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीग्रस्त नुवाकोटका विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका छन् । बाढी आएको १८ दिनपछि प्रचण्डले शनिबार दलबलसहित नुवाकोटको विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका हुन् । यही भदौ १० गते बुधबार भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा हजारौं घर, सयौं पुल, जलविद्युत, सडक, विद्यालयलगायतका विभिन्न संरचना बगाएर ध्वस्त पारेको थियो ।

बाढीले हजारौँ व्यक्ति हराइरहेका छन् भने लाखौँ व्यक्ति घरबारविहीन भएका छन् । नेकपाका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्ना कार्यकर्ताको दलबलसहित पुगेर बाढीग्रस्त नुवाकोटको महादेवफांट, देवीघाट, ढुङ्गे र त्रिशूली बजार तथा भग्नावशेस भएको स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन् । उनले सरकारले प्रभावकारी रूपमा राहत, उद्धार तथा पुनर्निर्माणसँगै पीडितहरूको पुनस्र्थापना गर्नुपर्ने बताए ।

प्रचण्डले पीडितहरुलाई ढिलो नगरी सरक्षित स्थानमा पुर्नस्थापना गर्न माग गरेका छन् । तीनै तहको सरकारले विपत्तिको सामना गर्न विविध कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिदै पीडितहरूको स्वास्थ्य सुरक्षा र पुनस्र्थापनामा उनले जोड दिएका छन् । बाढीले क्षति गरेका नुवाकोटको विभिन्न सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको उनले बताए । अव सरकारले पुर्नस्थापनाको मुल मुद्धा उठाउनु पर्ने उनले सुुझाव दिए ।

काठमाडौँबाट सडकमार्ग हुँदै नुवाकोटका बाढीग्रस्त स्थान पुगेका प्रचण्डले बाढीपीडितहरूसँग भेट गरी उनीहरूका गुनासोसमेत सुनेका थिए । प्रचण्डले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण तथा अवलोकन गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले बाढीले नुवाकोटको विदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले पारेको प्रभावसम्बन्धी जानकारीसमेत लिएका हुन् ।

प्रचण्डको साथमा पुर्वमन्त्रि डा गंगालाल तुलाधर, हितवहादुर तामाङ, वागमति प्रदेशका आर्थिक मामिलामन्त्री सरल सहयात्री, वागमति प्रदेश सभा सदस्यद्वय रामप्रसाद ढुंगाना र राधिका तामाङ, बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङलगायतले बाढीग्रस्त स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।

 

 


सर्वाधिक रुचाइएको