आगजनी पीडितलाई सहयोग

– पुर्वमन्त्री डा. लोहनीले दिए नगद
लोकखबर
२०८३ मंसिर २, मंगलवार १९:४४

बिदुर – सुख्खायाम लागेसंगै नुवाकोटमा आगजनीका घटना हुन थालेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० का रामकुमार तिवारीको घरमा राति आगलागी हुँदा लाखौं रुपैया वरावरको भौतिक क्षति भएको छ ।

आगलागीबाट पीडित तिवारी परिवारलाई राहतस्वरूप नुवाकोटको थानसिङ निवासी पूर्वअर्थमन्त्री तथा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले नगद प्रदान गरेका छन् । डा. लोहनीले तिवारीलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।

विपद्को समयमा सहयोग उपलब्ध गराएकोमा बेलकोटगढी नगरपालिका–१० राप्रपा वडा समितिले डा. लोहनीप्रति हार्दिक आभार व्यक्त गर्दै सहयोगले पीडित परिवारलाई राहत र हौसला मिलेको जनाएको छ । डा. लोहनीले आम नागरिकलाई सचेत रुपमा जीवनयापन गर्नसमेत आग्रह गरेका छन् ।


सर्वाधिक रुचाइएको