तरुणले बाड्यो चामल र त्रिपाल

लोकखबर
११ श्रावण २०७६, शनिबार १६:४७

हेटौंडा । वर्षाको पीडामा रहेका मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ का बाढी पहिरो पीडित परिवारलाई चामल र त्रिपाल बाँडिएको छ । नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका समितिले पहिरोका कारण घर भत्किनुका साथै अन्नपात पुरिएका पीडित परिवारलाई अस्थायी बसोबासको लागि त्रिपाल र खाद्यान्न सहयोग गरिएको जनाइएको छ ।

तरुण दलले मकवानपुरगढी १ का रानीसेरा, जरायोटार, पराजुली डाँडा, आँपटार, अन्नपानी,डाँडागाउँ, लो डाँडालगायतको स्थानका ३५ घरधुरीलाई प्रति परिवार एकबोरा चामल र त्रिपाल सहयोग गरेको हो । तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानुकान्छा थिङको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सचित थापाको प्रमुख आतिथ्यता थियो ।

राहत वितरणमा नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य बलराम घिमिरे, क्षेत्रीय सचिव सुवाससिंह लो, पार्टी तरुण विभाग सदस्य राजकुमार गोले, मकवानपुरगढी गाउँपालिका १ का अध्यक्ष आइतसिं लो, २ नम्बर वडाध्यक्ष बखानसिं पाख्रीनलगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*