मुख्य न्यायधिवक्ताको सपथ हुदै, मूल्याङ्कनमा नपरेका चौलागाईंबारे यस्तो टिप्पणी

लोकखबर
१२ श्रावण २०७६, आईतवार ०९:३७

मकवानपुर । प्रदेश ३ मा मुख्य न्यायाधिवक्तामा सिफारिस भएका ओमप्रसाद थपलियाले आज पद र गोपनियताको सपथ लिने तयारी भइरहँदा मुख्यन्यायधिवक्ताका अर्का दाबेदार ध्रुवप्रसाद चौलागाईं किन पाखा लागे भन्ने बहस पनि भइरहेको छ ।लामो समय पार्टीमा कार्यानुभव हासिल गरेका र क्षमता, योग्यताका हिसाबमा अब्बल चौलागाईं मुख्यन्यायधिबक्ता बन्छन् भन्नेमा भन्ने धेरैलाई लागेको थियो। तर मुख्यमन्त्री डोरमणि पौडेलले थपलियालाई सिफारिस गरेपछि चौलागाईं किन पाखा लागे भन्नेमा राजनीतिक वृत तथा आम चासोको विषय बनेको छ । तत्कालीन मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजिनामा दिएपछी मुख्यन्यायधिवक्ताको पद खाली थियो ।

चौलागाईंले मुख्यन्यायधिवक्ताको जिम्मेवारी नपाउँनुमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडालाई कायम गराउँन अभियान चलाइरहेको कारण पनि हुनसक्ने टिप्पणी पनि भइरहेको छ । प्रदेश राजधानी हेटौंडा कायम गराउँने अभियानमा लागेको व्यक्तिलाई मुख्यन्यायधिवक्ताको जिम्मेवारी दिँदा प्रदेश सांसदको दबाब आउँछ भनेर मुख्यमन्त्रीले चौलागाईंलाई सिफारिस नगरेको बताइन्छ ।

चौलागाईंले मुख्यन्यायधिवक्ताको जिम्मेवारी नपाउँनुमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडालाई कायम गराउँन अभियान चलाइरहेको कारण पनि हुनसक्ने टिप्पणी पनि भइरहेको छ । प्रदेश राजधानी हेटौंडा कायम गराउँने अभियानमा लागेको व्यक्तिलाई मुख्यन्यायधिवक्ताको जिम्मेवारी दिँदा प्रदेश सांसदको दबाब आउँछ भनेर मुख्यमन्त्रीले चौलागाईंलाई सिफारिस नगरेको बताइन्छ ।

सार्वजनिक सरोकारका विषयमा रिट दायर गरी समाजसेवा तथा राजनीतिमा सक्रिय चौलागाई वि.सं. २०४० सालदेखि पाटीमा आबद्घ छन् । पुनरावेदन बार एशोसिएन हेटौंडाको दुई पटक अध्यक्ष, केन्द्रिय बारको प्रकाशन समिति सदस्य, सर्वोच्च बारको केन्द्रिय पार्षद भइ जिम्मेवारी बहन गरेको अनुभव चौलागाईंसंग छ । तत्कालीन एमाले जिल्ला सचिवालय सदस्य, युवा संघ मकवानपुरमा वि.सं.२०५३ सालदेखि सात वर्ष जिल्ला अध्यक्ष, नेकपा एमाले मकवानपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष तथा सचिव, पार्टी निकट केन्द्रिय वन तथा वातावरण विभागको सदस्य, तत्कालीन एमाले नारायणी अञ्चल सम्पर्क कमिटी सदस्य, प्रेस चौतारी मकवानपुरमा उपाध्यक्ष, पत्रकार महासंघ मकवानपुरमा सदस्य तथा पार्षदको भूमिकामा उनले जिम्मेवारी बहन गरेका छन् ।

वि.सं.२०४८ मा अभिवक्ता वि.सं.२०५२ सालदेखि अधिवक्ताका रुपमा हालसम्म क्रियाशील रहेका चौलागाईं हाल नेकपा मकवानपुरको जिल्ला कमिटी सदस्य छन् । मुख्य न्यायधिवक्ताको दाबी गरिरहेका चौलागाईंले जिम्मेवारी नपाएको विषयमा लोकखबर डटकमले जिज्ञासा राख्दा उनले मकवानपुरमै प्रदेश राजधानी हुनु, मुख्यमन्त्री पनि मकवानपुरकै हुनु र मुख्यन्यायधिवक्ताको जिम्मेवारी भने मकवानपुरका कानून व्यवसायीले नपाउँनु दुर्भाग्य भएको प्रतिक्रिया दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*