मनकारी गाउँपालिका अध्यक्ष हिदम लामा,जसले विद्यालय बस संचालनका लागि सहयोग गरे ५० हजार

लोकखबर
१ भाद्र २०७६, आईतवार १५:३१

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा विभिन्न सामाजिक अभियानमा लागि पर्दै आइरहेका छन् । विभिन्न प्रकारका सहयोग गर्दै आइरहेका उनले एउटा विद्यालयको बस सञ्चालनमा सघाउ पुगोस् भन्दै व्यक्तिगत रुपमा ५० हजार रुपिया सहयोग गरेका छन् ।

हेटौंडा ११ मा रहेको त्रिभुवन माविले सुरु गरेको विद्यालय बस खरिदका लागि अध्यक्ष लामाले आर्थिक सहयोग प्रदान गरेका हुन् । सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि बसबाट विद्यालय आवाज जावतमा सहजता होस् भन्नका लागि आफूले आर्थिक सहयोग गरेको अध्यक्ष लामाको भनाई छ ।

विद्यालयको बस संचालनमा सहयोग पुर्‍याउँदा विद्यालयको शैक्षिक विकासका लागि सघाउ पुग्ने आफ्नो अपेक्षा रहेको लामाको भनाई छ । अध्यक्ष लामाले व्यक्तिगत तथा गाउँपालिकाका तर्फबाट विभिन्न सामाजिक सहयोग पुर्‍याउँदै आइरहेका छन् ।

प्रतिकृया

2 thoughts on “मनकारी गाउँपालिका अध्यक्ष हिदम लामा,जसले विद्यालय बस संचालनका लागि सहयोग गरे ५० हजार

  1. राम प्रसाद घिमिरे says:

    ह्याङ्ला आलेदा नाङसेन् थुजुछे मोला

  2. Aashish Tamang says:

    Great job..mama hajur

यसमा तपाइको मत

Your email address will not be published.


*