साधारणसभामा असल ऋणी र ज्येष्ठ नागरिक सम्मानित

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर २ क्याम्पस चोक स्थित एकता टोल विकास संस्थाको १९ औं साधारणसभाका अवसरमा विभिन्न व्यक्ति सम्मानित भएका छन् । सभाका अवसरमा असल ऋणी मीना सापकोटा, गीता अधिकारी, ज्येष्ठ सदस्यद्वय टिकाकुमारी ढोडारी र विश्वनाथ बस्नेत सम्मानित भएका हुन् ।
संस्थाकी अध्यक्ष शारदा ढोडारीको अध्यक्षतामा भएको सभामा हेटौँडा उपमहानगरपालिका वार्ड नं २ का वडा सदस्य रेणु गुरुङले टोल विकास संस्थाले बचत सँगसँगै आय आर्जनको कार्य अघि बढाएकोमा खुशी व्यक्त गरिन् ।
टोल विकास संस्थाले ६२ लाख बराबर कारोबार गरेको जनाइएको छ । संस्थामा २ सय ४ जना सदस्य छन् ।