रविलाई आज अदालत लगिदै, म्याद थपिने शंका

लोकखबर
८ भाद्र २०७६, आईतवार ०९:१७

मकवानपुर । पत्रकार शालिकराम पुडासैनी आत्महत्यामा अनुसन्धानका लागि चितवनमा हिरासतमा रहेका रवि लामिछानेलाई आज अदालतमा पेश गरिदैछ ।

अदालतले दिएको ५ दिनको समय हिजो सकिएपनि सार्वजनिक भएकाले आज अदालत पेश गर्न लागेको हो । प्रहरीले रविसहितका आरोपित तीन जनालाई अदालत पेश गर्दैछ ।

रवि आज रिहा हुने विभिन्न अड्कल बाजी भइरहेको बेला थप अनुसन्धानका लागि म्याद थप्न सकिने पनि बताइन्छ ।

हिरासतमा रहेका रविले एक जना पत्रकारलाई दिएको अन्तरवार्तामा आफूलाई अनेक बाहना गरेर फसाउन सक्ने बताएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*