राक्सिराङका ५२ जना विद्यार्थीलाई हिमराइट्सको शैक्षिक सहयोग

मकवानपुर । मकवानपुरको राक्सिराङमा रहेका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।
हिमालयन मानव अधिकारकर्मी समूह (हिमराइटस्) मकवानपुरको आयोजना, कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा राक्सीराङ गाउँपालिकाको वडा नम्बर ३ को सूर्योदय माध्यमिक विद्यालय र वडा नम्बर ५ को प्रजाजागृति आधारभूत विद्यालय चैनपुरमा अध्ययनरत ५२ जना विद्यार्थीका लागि सहयोग प्राप्त भएको हो ।
सिमान्तकृत समुदायकको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/७७ का लागि आवश्यक सामग्री सहयोग गरिएको हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवाले जानकारी दिए ।
प्रजा जागृति आधारभूत विद्यालयमा अध्ययनरत २७ जना तथा सूर्योदय माविका २५ जना विद्यार्थीलाई अध्ययनमा सघाउ पुर्याउँने उद्देश्यले कक्षा एक देखि कक्षा आठ सम्मका विद्यार्थीलाई वर्षभरि अध्ययन गर्न आवश्यक पर्ने कपी दुई दर्जन,कलम, पेन्सिल,सापनर, जोमेट्रीबक्स,कलर पेन्सिल,पेन्सिल, पानी पिउँने बोतल, टिफिनबक्स, ब्याग तथा विद्यालय पोशाक सहयोग गरिएको हो ।
प्रजाजागृति आधारभूत विद्यालय चैनपुरमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य एवम् गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।
सूर्योदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षता तथा वडा नम्बर ३ अध्यक्ष बाबुलाल स्याङतानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
हिमराइट्सले तीन वर्षदेखि राक्सिराङका ती दुई वटा विद्यालयमा छात्रवृति सहयोग कार्यक्रम गर्दै आइरहेको छ ।
कालिका मा बि लाई पनि देको भए हुन्थ्यो नि भन्न मिल्दैन होला