सामुदायिक वनमाथि कर

दुई तिहाईको बलमा सरकारले सामुदायिक वनमाथि मनपरी कर असुल्न ल्याइएको कानून संशोधन नगरिए आन्दोलनमा जाने महासंघ अध्यक्ष भारती पाठकको चेतावनी

लोकखबर
१७ भाद्र २०७६, मंगलवार १४:२३

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठकले मुलुकको तीन वटै सरकारले सामुदायिक वनबाट कर लिनेगरी कानून निर्माण गरेकाले तत्काल संसोधन गर्न आग्रह गरेकी छिन् ।

आज प्रदेश ३ को राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पाठकले दुईतिहाइको सरकारको बलमा सामुदायिक वनका उपभोक्ताहरुलाई समस्या पारेको आरोप लगाइन् । सरकारले कर असुल्नका लागि बनाएको कानून संशोधन नगरिए सडक संघर्षमा जान आफूहरु बाध्य हुने अध्यक्ष पाठकले चेतावनी दिइन् ।

पाठकले प्रदेश ३ सरकारका मन्त्री र सांसदलाई उपभोक्तालाई कर थोपर्ने गरी कानून नवनाउनका लागि आग्रह गर्दा गर्दै पनि आफूहरुको कुरा नसुनिएको भन्दै आक्रोस व्यक्त गरिन् ।

अध्यक्ष पाठकले प्रदेश १ र प्रदेश ३ ले सरकारले वन उपभोक्तासंग मनलाग्दी कर असुल्ने गरी कानून ल्याएको बताउँदै आफूहरु आन्दोलनमा होमिने तयारीमा रहेको बताइन् । महासंघ सडक आन्दोलन देखि अदालतमा मुद्धा हाल्ने तयारीमा रहेको बताउँदै यही भदौ २० र २१ गतेजुम्लामा हुने महासंघको केन्द्रीय समितिको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष भीमप्रसाद खड्काले सरकार सामुदायिक वनका उपभोक्तामाथि गैर जिम्मेवार बनेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*