भीमफेदी गाउँपालिकामा शिक्षक संगठनको परिषद बैठक
मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन भीमफेदी गाउँपालिकाको परिषद् बैठक भएको छ ।
संगठनका केन्द्रिय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यता तथा शिक्षक संगठन भीमफेदीका अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा बैठक भएको हो ।
बैठकमा शिक्षक संगठनका मकवानपुर जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेल, जिल्ला सचिव पुरुषोत्तम आचार्य लगायतको आतिथ्यता थियो ।
परिषद् बैठक भीमफेदी गाउँपालिकाको भैसेस्थित श्रीकृष्ण माविमा भएको हो । बैठकमा गाउँपालिकाका शिक्षकहरुको सहभागिता रहेको संगठन मकवानपुर जिल्लाका सचिवालय सदस्य कृष्ण पौडेलले जानकारी दिए । । शिक्षकहरुको हकहितका लागि निरन्तर आवाज उठाउदै आइरहेको शिक्षक संगठनले बैठकमा शिक्षा तथा शिक्षकसंग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको छ ।
स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सशक्त कृयाशील जुझारु शिक्षक आबद् संगठनले शिक्षकका सम्पूर्ण माग र समस्याका विषयमा निरन्तर आवाज बुलन्द गराउँदै आइरहेको हो । विद्यालयमा १६-१७ प्रकारका अस्थायी शिक्षकलाई एउटै स्थायी गर्नुपर्ने, इसीइडी र विद्यालयका कर्मचारीका तलब सरकारी मापण्ड बमोजिम हुनुपर्ने, राहत र अस्थायी शिक्षकका लागि छिटो भन्दा छिटो स्थायीको प्रकृयामा लैजानुपर्ने, साविक उच्च मावि तहमा कार्यरत शिक्षकलाई अबिलम्ब दरबन्दी कायम गरी स्थायी प्रकृयामा लैजानुपर्ने विषयमा छलफल भएको छ ।
बैठकमा शिक्षक संगठनले स्थानीय सरकारसंग समन्वय गरी शिक्षक र शिक्षकको पेशागत दक्षतामा वृद्घि गर्नका लागि विषयगत तालिम व्यवस्था गर्ने, छात्राहरुलाई सेनेटरी प्याड बनाउँन महिला शिक्षिकालाई तालिम दिने, विद्यार्थीका लागि विभिन्न अतिरिक्त कृयाकलाप संचालन गर्ने, अंग्रेजी माध्यमबाट पढाउँनका लागि आवश्यक तालिम प्रदान गर्ने, विद्यालयको निमावि र मावि तहमा कम्प्युटर कक्षा सुरु गरिएकोमा शिक्षक र कम्प्युटरको अभाव रहेकाले सो आवश्यकता परिपूर्ति गर्ने योजना बनाएको शिक्षक संगठनका अध्यक्ष पोखरेलले बताए ।
शिक्षकहरु विशुद्द पेशागत हकहितका लागि भन्दा पनि विद्यार्थी र विद्यालयको चौतर्फी विकासका लागि चिन्तनशील भएर काम गर्ने योजना रहेको पोख्रेलको भनाई छ ।