दशैंका लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ

लोकखबर
२६ भाद्र २०७६, बिहीबार १७:२२

मकवानपुर । नेपालीहरुको मुख्य पर्व दशैंका लागि अग्रिम टिकट ‘बुकिङ’ आगामी असोज ५ गतेदेखि खुल्ला हुने भएको छ ।

आज यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलमा सर्वसाधारण यात्रुको मागलाई ध्यान दिदै अग्रिम टिकट खोल्ने मिति तय भएको हो । यस्तै दशैंका बेलामा अघिपछि विभिन्न बाहनामा सर्वसाधारण यात्रुले दोब्बर भाडा तिर्दै आएकोमा दशैं अघि कुनै पनि हालतमा भाडा नबढाउने पनि सहमति भएको छ ।

दशैं तिहार जस्ता महत्वपूर्ण पर्वको मौकामा यातायात व्यवसायीले सर्वसाधारण यात्रुसंग मनपरी ढङ्गबाट भाडा असुल्दै आइरहेको पाइन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*