दशैंका लागि खुल्यो टिकट बुकिङ

लोकखबर
५ आश्विन २०७६, आईतवार १३:१३

मकवानपुर । आजबाट सार्वजनिक सवारी साधनमा दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । सर्वसाधारण यात्रुलाई दशैं मनाउँन घर टाढा भएकाले जानका लागि समस्या नहोस् भनेर टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

दशैमा काठमाडौं छोडेर यात्रुहरु आफनो घरतर्फ जाने हुँदा यात्रुहरुको चाप बढ्ने गर्दछ । यात्रुहरुले अग्रिम टिकट लिएर आफ्नो यात्रा सुनिश्चित गर्न सक्ने छन् ।

चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको संख्या अन्यत्रको भन्दा अध्याधिक बढी हुने भएकोले हरेक वर्ष अग्रिम टिकट बुकिङ गराउने गरिएको हो ।

विभागले चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने समेत जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*