आपसी झगडामा बकैयामा एक जनाको मृत्यु

लोकखबर
३० आश्विन २०७६, बिहीबार १३:५३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, जलजलेमा आपसी झगडाका कारण धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बकैया गाउँपालिका ३ जलजले स्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो लाई स्थानीय ५० वर्षीय सुकबहादुर पाख्रीनले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर भएकी सन्तमायाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हतियार प्रहारबाट मुतकको श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ वर्षीया दिबीमाया मोक्तान घाइते भएका छन् । प्रहरीका अनुसार टाउको र निधारमा चोट लागेका घाइतेको अहिले चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

गएराती हत्या भएको खबर पाएपछि तत्काल इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरीले हत्यामा संलग्न पाख्रीनलाई पक्राउ गरेको छ। हत्यामा संलग्न भएका पाख्रीनको अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*