यस्ता पनि स्वयमसेवक !
मकवानपुर । कैलालीको चुरे गाउँपालिकाकी बालिका बेचबिखन गर्न खोजेको आरोपमा स्वयंसेविकासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
गाँउपालिकाकी ६ की १३ वर्षिया बालिकालाई विवाहको बहानामा बेच्न खोजेको आरोपमा चुरे गाँउपालिका(६ गजारकी स्वयंसेविका कल्पना भनिने कलावती बोहरासहित अन्य दुईजनालाई प्रहरीले पक्राउ गरेको खबर छ ।
चुरे गाँउपालिकाको सहजपुरबाट उनीहरुलाई पक्राउ गरिएको फल्टुडे प्रहरीले जनाएको छ। स्वयंसेविकाका संगै डोटीको शिखर नगरपालिका वडा–३ का पदम ताम्राकार र डम्बरी ताम्राकारलाई पनि पक्राउ गरिएको जनाइएको छ ।