नेपाल संवत मनाइदै

लोकखबर
१२ कार्तिक २०७६, मंगलवार ०९:१४

मकवानपुर । आज नेपालमा नेपाल संवत् ११४० मनाइदैछ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई रष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपालमा वि.सं.को सट्टा आफ्नै मौलिक संवत नेपाल संवत चलाउनुपर्नेमा आवाज उठेपनि त्यसो हुन सकेको छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*