भीमफेदीमा नेकपा वडा अध्यक्ष र सचिवको सपथग्रहण

लोकखबर
१ मंसिर २०७६, आईतवार ०७:२६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भीमफेदी गाउँकमिटीका नौ वटा वडाको अध्यक्ष र सचिवको सपथ ग्रहण भएको छ ।

नेकपा गाउँ कमिटी अध्यक्ष सानु थापा मगरको अध्यक्षता तथा नेकपा नेता, मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडेलको प्रमुख आतिथ्यमा सपथग्रहण भएको हो । कार्यक्रममा जिल्ला नेकपा नेतृ भगवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*