भीमफेदीमा वडैमा पुगेर ज्येष्ठ नागरिकलाई परिचयपत्र
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधी पालिकाका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण कार्यमा जुटेका छन् ।
गाउँपालिका अध्यक्ष्, उपाध्यक्ष लगायतको टोली विभिन्न वडामा पुगेर ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेका हुन् । ज्येष्ठ नागरिकलाई गाउँपालिका केन्द्रसम्म आएर परिचय पत्र लिन असहज हुने भएकाले पालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतको टोली विभिन्न वडामा पुगेको हो ।
टोलीले पालिकाको वडा नम्बर ३ मा परिचयपत्र वितरण गरिसकेको छ भने अन्य विभिन्न वडामा पनि अभियान जारी रहने जनाइएको छ ।