बकैयामा स्कारपियो दुर्घटनामा दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ फुर्केचौरस्थित जंगलमा स्कारपियो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
धरान चतरा सडक खण्ड अन्तर्गत हेटौंडा १८ र बकैया ५को बिचमा पर्ने फुर्केचौर जंगलमा हेटौंडा १८ फुर्केचौरबाट ठुलोदमार आउँदै गरेको प्रदेश नम्बर ३०१०२२ च ३२५० नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी काठमाडौ १४ कलंकीको ४८ वर्षिय कमल थापा र किर्तिपुर २ का ४१ वर्षिय बलराम ढकाल घाइते भएका हुन् । उनीहरुको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परेका थापाको तीन वटा करङ भाँच्चिएको प्रहरीको भनाई छ ।