खेल

हेटौंडामा राष्ट्रिय ‘एट ए’ साइड फुटबल हुने

लोकखबर
६ मंसिर २०७६, शुक्रबार ०७:१४

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय ‘एट ए’ साइड फुटबल प्रतियोगिताको पाँचौ संस्करण प्रदेश नं. ३ का राजधानी हेटौँडामा हुने भएको छ । फुटबल प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यही मंसिर १८ गतेदेखि २१ गतेसम्म गर्ने तयारी गरिएको हो । हुप्राचौरमा हुने प्रतियोगिमा हेटौंडा, काठमाडौं, बुटवल, कैलाली, चितवन, पोखरा, सिमरा, वीरगन्ज र चपुरबाट गरी १६ वटा टिमले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र दोश्रो हुनेले ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*