गरिब किसानलाई भैसीं र राँगो, मकवानपुरले सिक्ने कि ?

लोकखबर
१६ मंसिर २०७६, सोमबार ०६:५५

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले गाउँपालिकाभित्र गरिवीलाई उकास्नका लागि भैसीं तथा राँगो वितरण कार्य थालेको छ ।
पालिकाको पशुसेवा शाखाको वार्षिक विकास कार्यक्रमबाट पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दूधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष पूर्ण दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा विगतका वर्षहरुदेखि नै केही बजेट विनियोजन गर्दै आएको तथा उक्त बजेटको सही सदुपयोग भएको बताए ।
आरुघाट गाउँपालिकाले गरिबीबाट उठाउँनका लागि थालनी गरेको राँगो तथा भैसी सहयोग गरेको कार्यक्रम मकवानपुरका स्थानीय तहले पनि अगाडी बढाए गरिबी न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*