प्रतियोगिताका लागि आइटेक युनिभ प्लसद्वारा जर्सि सहयोग

लोकखबर
२२ मंसिर २०७६, आईतवार २०:३३

मकवानपुर । मकवानपुरको हेटौडा ४ स्कूलरोडमा रहेको आइटेक युनिभ प्लसले मकवानपुर क्याम्पसको आयोजनामा हुन लागिरहेको बीबीए, बीबीएम कप सेभेन ए साइड फुटबल प्रतियोगिताका लागि जर्सि सहयोग गरेको छ ।

आइतबार (आज) बीबीएम अन्तिम सेमेस्टरको समूहलाई आइटेक युनिभ प्लसका म्यानेजिङ डाइरेक्टर जयराम कार्कीले जर्सि हस्तातरण गरे । उनले विद्थार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि विद्यार्थी लक्षित सामाजिक उत्तरदायित्वका कार्यमा लाग्ने बताए ।
यसैबिच आइतबारबाटै सुरु हुने भनिएको प्रतियोगिता मंगलबारबाट मात्रै हुने भएको छ ।

तीन दिनसम्म हुने प्रतियोगितामा बीबीए र बीबीएम अध्ययनरत विद्यार्थीहरुको आठ वटा समूहले भाग लिनेछन् । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने समूहले नगद पन्ध्र हजार सहित सिल्ड, मेडल प्राप्त गर्नेछन् भने काठमाडौंको एनसीसी कलेजले आयोजना गर्ने नेशनल इन्टर कलेज सेभेन ए साइड फुटबल प्रतियोगितामा भाग लिन पाउने बीबीएम अन्तिम सेमेस्टरका टिम क्याप्टेन सोमित क्षत्रीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*