दुर्घटना

बसामाडीमा ट्रकको ठक्करबाट राईको मृत्यु

लोकखबर
२२ मंसिर २०७६, आईतवार २२:३८

मकवानपुर । मकवानपुरको हेटौंडा ३, बसामाडीमा एक पैदलयात्रीलाई ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौंडाबाट चितवन जादै गरेको ना ८ ख २२५९ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षका लालबहादुर राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*