नेकपा एकता

हेटौंडाको १९ वटा वडाका अध्यक्ष र सचिवको सपथग्रहण

लोकखबर
२३ मंसिर २०७६, सोमबार १७:१६

मकवानपुर । मकवानपुरको हेटौंडा उप महानगरपालिकाका १९ वटा वडाका अध्यक्ष र सचिवको आज सपथ ग्रहण भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपा हेटौंडा नगर वडा कमिटीमा रहेका अध्यक्ष र सचिवलाई पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तानले सपथग्रहण गराइन् । केन्द्रिय सदस्य मुक्तानले मुलुकलाई समृद्द बनाउने जिम्मेवारी जनताले नेकपालाई दिएकाले जनताले जनताको अपेक्षा बमोजिम लागिपर्नुपर्ने बताइन् ।

नेकपाको हेटौंडा नगर कमिटी एकसय एक सदस्यीय चयन भइसकेको छ । जसमा ३८ सदस्यीय सचिवाल गठन गरिएको छ । वडा अध्यक्ष र सचिव चयन भएपनि सदस्य भने बाँकी रहेको छ । प्रत्येक वडामा ३५ सदस्यीय कमिटी चयन हुने जनाइएको छ ।

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, नेताहरु बलराम बल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, प्रमिला पुलामी, कमानसिं पाख्रीन, मीना लामा, विष्णु ढकाल, नविन सिग्देल, विवेक राईलगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।
सपथग्रहण कार्यक्रम नेकपाका नगर अध्यक्ष रघु आचार्यको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*