श्रीमानको उपचारका लागि सहयोग याचना

लोकखबर
२६ मंसिर २०७६, बिहीबार १८:४०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, सिमलटार, नमूनाचोकका नवराज प्रजा घाँटीको क्यान्सर उपचार गर्नका लागि आर्थिक अभाव भएको छ । विगत एक वर्षदेखि क्यान्सरबाट पिडित ५५ वर्षिय प्रजाको उपचारमा हालसम्म तीन लाख रुपिया भन्दा बढी खर्च भइसकेको छ । आफूसंग भएको सबै रकम उपचारका क्रममा सकेर हाल ऋण गर्दै उपचारमा खर्च गर्नुपर्ने अवस्था आएकाले उनी समस्यामा परेका हुन् । परिवारमा कमाउने व्यक्ति नै बिरामी भई थला परेपछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको प्रजाकी श्रीमती सिर्जना प्रजाले दुःखेसो गरिन् । ‘श्रीमान्ले गाडी चलाउने काम गरी पाइएको रुपैयाबाट घर चलेको थियो । ’ श्रीमती सिर्जनाले भनिन्, ‘भएजति सबै रकम सकिएर उपचार गर्नका लागि ऋणमा डुब्नु परेको छ । ’ आफन्त, साथीभाई सबैसंग ऋण गरेर उपचार गर्दै आएपनि अब उपचार गर्नै समस्या भएकाले प्रजाकी श्रीमती आफ्नो श्रीमानको उपचारका लागि आर्थिक सहयोग गरिदिन सहयोग याचना गरेकी छिन् । ‘सबैले सहयोग गर्ने हो भने मेरो श्रीमान्को जीवन बच्ने थियो । ’ उनले भनिन्, ‘घरमा कमाउने अरु कोही पनि छैन, श्रीमानको उपचार गर्न पनि आर्थिक अभाव भएकाले सहयोगी पाउँन पाए हुन्थ्यो । ’ प्रजाको उपचारका लागि सहयोग गर्न चाहानेले सिर्जना प्रजा, महालक्ष्मी विकास बैंक, हेटौंडा शाखा खाता नम्बर ०५९००८००३२८९७७०००००१ मा रकम सहयोग सक्ने उनले बताइन् । साथै प्रजाको मोबाइल नम्बर ९८६९०४३५३० मा फोन गरी पनि उपचार गर्न आर्थिक सहयोग गर्न सकिने छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*