मुख्यमन्त्री डोरमणि पौडेल भन्छन्,-‘हेटौंडाको मध्यबजारबाट सडक विस्तार गरिदैन ।’

लोकखबर
२७ मंसिर २०७६, शुक्रबार १५:३५

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको सडक विस्तार गर्दा हेटौंडा बजारको मध्यभागबाट नगरिने बताएका छन् ।
नारायणी यातायात व्यवसायी प्रालिको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट लान नहुने बताएका हुन् ।
उनले चौकीटोल-कर्रा खोला-रातोमाटे सडक ५० मिटरको फराकिलो बनाउँन लागिएकाले हेटौंडा बजार भत्काउने गरी सडक विस्तार गर्न नहुने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*