खेल

हेटौंडामा पुष २ गतेबाट राष्ट्रिय भेट्रान्स कप फुटबल

मकवानपुरसहित देशका विभिन्न १८ वटा टिमले भाग लिने, विजेतालाई एक लाख रुपैंया पुरस्कार
लोकखबर
२९ मंसिर २०७६, आईतवार १६:३३

मकवानपुर । मकवानपुरको हेटौंडामा आगामी पुष २ गतेबाट ५ गतेसम्म ‘राष्ट्रिय भेट्रान्स कप एट ए साइड’ फुटबल प्रतियोगिताको पाँचौं संस्करण तयारी गरिएको छ । प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको आयोजक हेटौंडा भट्रान्स क्लवले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

चालिस वर्ष माथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुको फुटबल खेल भएकाले यसले स्वास्थ्यका लागि पनि फाइदा पुग्ने भएकाले मकवानपुरमा प्रतियोगिता सन्चालनलाई निरन्तरता दिइएको पत्रकार सम्मेलनमा क्लवका महासचिव ज्ञानु क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा आयोजक हेटौंडा भेट्रान्स, हेटौंडा एलेभेन सहित बारा, चितवन, सर्लाही, रौतहट, नवलपराशी, पोखरा, काठमाडौं, बुटबलका विभिन्न १८ वटा भेट्रान्स क्लवले भाग लिने महासचिव क्षेत्रीले बताए ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद एक लाख ११ हजार एक सय ११ रुपैया तथा शिल्ड,द्दितिय हुने समूहले नगद ५० हजार पाँच सय ५५ रुपैया सहित शिल्ड, उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैंया र सम्पूर्ण खेलमा म्यान अफ द म्याच हुनेले पनि नगद २० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब १० लाख ३६ हजार रुपैंया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*