खेल

हेटौंडा २ ले जित्यो वीपीकप 

लोकखबर
१७ पुष २०७६, बिहीबार ०७:४०

मकवानपुर । मकवानपुरको हेटौंडामा आयोजित जिल्लास्तरीय वीपी कप दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी हेटौडा उपमहानगरपालीका वडा नम्बर २ ले जितेको छ ।

हेटौडाको लोकतान्त्रिक (हुप्र)चौरमा भएको फाईनल खेलमा हेटौडा उपमहानगरपालिका वडा नम्बर २ ले हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ लाई पराजित गरेको हो । खेलको म्यानअफ द म्याच हेटौडा उपमहानगरपालीका वडा नम्बर ३ का गोल रक्षक गोपी बर्तौला घोषित भए ।

यस्तै, उत्कृष्ट गोल रक्षक हेटौडा उपमहानगरपालिका वडा नम्बर २ का गोल रक्षक सफल तिमल्सिना,उत्कृष्ट खेलाडी वडा नम्बर २ का अनिल थापामगर,राईजिंग प्लेर अफ द टुर्नामेन्ट वडा नम्बर २ का लक्ष्मण विडारी,उत्कृष्ट प्रशिक्षक वडा नम्बर २ का विजयलाल श्रेष्ठ घोषित भए । उनीहरु सबैलाई जनही दुई हजार पाँच सय नगद संगै ट्रर्फी समेत प्रदान गरियो ।

४४ औ मेलमिलाप दिवसका अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार,एक किलो चाँदीको शिल्ड मेडल र उपविजेतलो २५ हजार नगद, शिल्ड तथा मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिता समापन समारोहमा प्रदेश नम्बर ३ का प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बाँनियाले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरे । बानियाले खेलकुदले स्वास्थ्य संगै शारिरिक विकासमा सहयोग पुग्ने बताए ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा कांग्रेसका शुभेच्छुक खेल टिमले भाग लिएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*