कृषि

मकवानपुरमा कृषि बिमा गर्ने जिम्मा शिखर इन्स्यारेन्सलाई

लोकखबर
२० पुष २०७६, आईतवार ०८:४४

मकवानपुर । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडी सारेको कृषि बीमा योजना मकवानपुरमा पनि सन्चालन हुने भएको छ । योजना प्रभावकारी रुपमा सन्चालनका लागि बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र तोकेको छ ।

मकवानपुरमा शिखर इन्स्योरेन्सले कृषि विमा कार्यको जिम्मा पाएको छ । शिखरले चितवन, धादिङ र नुवाकोटमा पनि कार्य गर्नेछ ।

घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बीमा गर्नका लागि बीमा कम्पनिलाई बीमा समितिले निर्देशन दिएको छ । कृषकलाई बीमासम्बन्धी जनचेतना जगाउने र बीमाका लागि अभिप्रेरितसमेत गर्नुपर्ने गरी कार्यक्षेत्र तोकिएको समितिले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापीरुपमा लागू गर्ने लक्ष्य राखेको हो ।
देशका ७७ वटै जिल्लामा विभिन्न निर्जिवन बीमा कम्पनिका लागि कार्यक्षेत्र तोकिएको छ । कृषिमा बीमा गराई किसानलाई कृषि कर्ममा लागिपर्न अभिप्रेरित गराउँनका लागि सरकारले योजना अघि बढाएको जनाइएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*