शिक्षा

अब ८ कक्षासम्म रंगीन पाठ्यपुस्तक व्यवस्था गरिने

लोकखबर
२३ पुष २०७६, बुधबार १३:३०

मकवानपुर । अब कक्षा ८ सम्म रंगीन पाठ्यपुस्तक व्यवस्था गरिने भएको छ । आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रंगीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम अहिले ‘उड फ्रि’ कागजमा रंगीन पाठ्यपुस्तक छपाइ कार्य भइरहेको जनाइएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार हाल दुई सत्रमा मेशिन सञ्चालन गरी कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक दैनिक एक लाख थानभन्दा बढी संख्यामा छपाइ गर्ने काम भइरहेको छ । केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाका अनुसार ती कक्षाका पाठ्यपुस्तकको ‘सिआरपी’ पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र बिक्री वितरणका लागि पठाइसक्ने गरी कार्य भईरहेको छ ।

सरकारले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८ सय थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिएकामा हालसम्म शतप्रतिशत छपाइ गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *