चार घण्टा आठ मिनेट लामो चन्द्रग्रहण आज लाग्दै

मकवानपुर । सन् २०२० काे पहिलो चन्द्रग्रहण आज (शुक्रबार) लाग्दैछ ।
चार घण्टा आठ मिनेट लामो चन्द्रग्रहण राति १० बजेर ५२ मिनेटमा सुरु हुनेछ भने बिहान ३ बजेसम्म रहनेछ ।
यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ । ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।
पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन्। पृथ्वी सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्र ग्रहण लाग्छ ।
सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।
ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिनु पर्ने ज्योतिषले बताएका छन् ।
यस्तो छ चन्द्र ग्रहणको असर र फल
शुभ फल– कुम्भ, तुला, मीन, कर्कट
मध्यम फल– मेष, कन्या, मिथुन, सिंह
अशुभ फल– मकर, वृश्चिक, वृष, धनु
नेपाल समयबाट