खेल

मकवानपुरगढीमा भोलिदेखि जिल्लास्तरिय फुटसल प्रतियोगिता

लोकखबर
२७ पुष २०७६, आईतवार १६:१६

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार (भोलि) देखि रुद्र पाख्रीन स्मृति कप जिल्ला स्तरिय ६ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ ।

शहिद रुद्र पाख्रिन स्मृती पार्क खेलकुद समितिको आयोजनामा हुन लागिरहेको फुटसल प्रतियोगिता मकवानपुरगढी ३, मक्रान्चुलीस्थित फुटसल पिचमा हुनेछ ।

प्रतियोगितामा आयोजकसहित मकवानपुरका विभिन्न १० वटा स्थानीय तहले भाग लिने आयोजक पार्कका अध्यक्ष भीम पाख्रीनले जानकारी दिए ।
प्रतियोगिताको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले सोमबार विहान ११ बजे उद्घाटन गर्ने तयारी छ ।

आगामी माघ ५ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख, दोस्रो टिमले नगद ५० हजार ट्रफी, मोडल र प्रमाण प्राप्त गर्ने छन् भने प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर खेलाडीले नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*