राजधानी हेटौंडा कायम गरेको खुशीयालीमा चोक चोकमा दीपावली

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश राजधानी र नाम बागमती कायम भएको खुशीयालीमा आज मकवानपुरमा दीपावली गरिएको छ ।
मकवानपुरको हेटौंडाका विभिन्न टोलमा दीपावली गर्दै प्रदेश राजधानी हेटौंडालाई स्थायी बनाउँन सफल भएकोमा प्रदेशसभालाई धन्यवाद व्यक्त गरिएको हो ।
खुशीयालीमा दीपावली मनाउँन मानिसहरु स्वस्र्फूत रुपमा घरघरबाट विभिन्न चोकमा निस्किएका थिए ।