केन्द्रिय सदस्य चुनिएपछि कैलाश ढकालले भने,‘चलचित्र प्रदर्शन जुधाउने प्रवृति हटाउँन पहल गर्नेछु।’

लोकखबर
२७ पुष २०७६, आईतवार २०:४७

मकवानपुर । नेपाल चलिचत्र संघको ४६ औं साधारणसभाबाट केन्द्रिय सदस्यमा चयन भएका एनएस सिनेमा हल, हेटौंडाका संचालक कैलाश ढकालले चलचित्रमा हाल भइरहेका विभिन्न विकृती हटाउँन भूमिका निर्वाह गर्ने गर्ने बताएका छन् ।
केन्द्रिय सदस्यमा निर्वाचित भएपछि ढकालले नेपाली चलचित्र प्रदर्शनका लागि चलचित्र जुधाउने प्रवृती हटाउने, बक्सअफिस प्रणालीलाई व्यवस्थित गर्ने, हल संचालकसँग राज्यले लिईरहेको करलाई कम गर्नेलगायतका काम गर्न आफू लागिपर्ने बताए ।
ढकाल तीन वर्षिय कार्यकालका लागि केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*