मनहरी पहिलो बालमैत्री गाउँपालिका घोषणा हुँदै, आज सार्वजनिक बिदा

लोकखबर
२८ पुष २०७६, सोमबार ०६:०१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका सोमबार(आज) बालमैत्री स्थानीय शासन अबलम्बन गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा हुदैछ । देशका विभिन्न ४ सय ६० वटा गाउँपालिका मध्ये मनहरीले बालमैत्री शासन अबलम्बनका लागि विभिन्न अभियानहरु संचालन गर्दै सफलतामा पुग्न थालेको हो ।

बालमैत्री गाउँपालिका घोषणाको अन्तिम तयारीमा पुगेको जानकारी गराउँदै अध्यक्ष एकराज उप्रेतीले मुलुकको ४ सय ६० वटा स्थानीय तहमध्ये बालमैत्री घोषणाको तयारीमा आफूहरु पुग्न लाग्दा खुशी लागेको बताए । ‘विभिन्न टोल टोलमा पुगेर अभियानहरु संचालन गरियो । बालमैत्री घोषणाका लागि आवश्यक ३९ वटा सूचक पूरा गर्दै आज देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणाको क्षणमा आइपुगेका छौं । ’ अध्यक्ष उप्रेतीले भने,‘ गाउँपालिकाका साथै सरोकारवाला विभिन्न निकायबाट पनि आवश्यक सहयोग भएका कारण आज हामी ऐतिहासिक परिचय बनाउँदैछौं । ’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभा सदस्य,राष्टियसभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख लगायत सरोकारवालाको उपस्थितीमा बालमैत्री गाउँपालिका घोषणाको तयारी गरिएको अध्यक्ष उप्रेतीको भनाई छ ।

बालमैत्री गाउँपालिका घोषणाका लागि आज मनहरी गाउँपालिकामा सार्वजनि बिदा समेत दिइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*