मकवानपुर हुँदै कहाँ लगिदै थियो बुद्दचित्त र रुद्राक्षको माला ?

मकवानपुर । एक हजार ७ सय ७० थान बुद्ध चित्तको माला र १ सय ४४ थान रुद्राक्ष को माला सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको चेकिङ टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाँउपालिका ७ मनहरी बजारबाट अवैध माला सहित भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गाविस वडा नम्बर २ बस्ने ४२ वर्षीय जगत लामा तामाङ र ठाउँका साविक तिमाल गाविस वडा नम्बर ६ बस्ने ४२ वर्षीय सूर्यमान तामाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाण्डौबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा अबैध माला फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।
प्रकाउ पर्नेमा उनिहरु यसको कारोबारी रहेको र उनीहरुलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय पठाइएको उपरीक्षक राठौरले बताए।