खेल
नुवाकोट विरुद्द वीरगन्ज र चितवन विरुद्द नेक्सस भिड्दै

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत पनि दुई वटा खेल हुने भएका छन् ।
हेटौंडाको लोकतान्त्रिक(हुप्र) चौरमा अहिले विहान ९ बजे हुने पहिलो खेलमा नुवाकोट क्रिकेट क्लब र विरगन्ज क्रिकेट एकेडमी भिड्नेछन् ।
त्यस्तै, दिउशो १ बजे हुने दोस्रो खेलमा चितवन क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी बिच प्रतिष्पर्धा हुने आयोजक मकवानपुर क्रिकेट क्लवले जनाएको छ । प्रतियोगिता हेटौडा एकेडेमीले प्रायोजन गरेको छ ।