मनहरीमा उद्योग वाणीज्य संघ संस्थापक रिजालको निधन

लोकखबर
६ माघ २०७६, सोमबार १०:१४

मकवानपुर । मकवानपुरको पश्चिमक्षेत्रमा उद्योग वाणीज्य संघ स्थापना गर्ने गोविन्द रिजालको निधन भएको छ।

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति तथा समाजसेवी, राजनीतिज्ञ रिजालको आइतबार राती निधन भएको हो । क्यान्सरबाट ग्रसित रिजालको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

रिजाल पश्चिम मकवानपुरको तत्कालीन कालिकाटार गाविसको पूर्व प्रधानपञ्च थिए । उनी विभिन्न सामजिक संघसस्थामा सक्रिय समेत थिए । उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको व्यवसायी तथा राजनीतिकर्मीले बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*