नमूना यूवा संसद अभ्यासका लागि हेटौंडाको वडा-वडामा युवा क्लव

लोकखबर
९ माघ २०७६, बिहीबार २१:५९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियामा वडा स्तरिय युवाक्लव गठन गरिएको छ ।

राष्ट्रिय युवा परिषदको सहयोग, जिल्ला युवा समिति मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा नमूना यूवा संसदको स्थापना र अभ्यासका लागि वडा स्तरिय युवा क्लव गठन गरिएको हो ।

आज (विहीबार) भएको युवाहरुको वडा स्तरिय भेलाले अजय गौतमको अध्यक्षतामा १५ सदस्यीय युवाक्लव गठन गरिएको हो । क्लवको उपाध्यक्ष नैना विश्वकर्मा, सचिव कृषला विश्वकर्मा, कोषाध्यक्ष प्रितम बस्ताकोटी रहेका छन् । यस्तै, सदस्यहरु विशाल पुडासैनी, अजित सापकोटा, विपिन खतिवडा, कृष्णराम प्रजा, सागर परियार, विश्वास सापकोटा, अनिता विक, रुपा चौलागाईं, पवित्रा राई,अनिषा राई र रजिता राई रहेका छन् ।

वडा तथा नगरपालिकामा युवासम्बन्धी हुने सम्पुर्ण कार्यक्रमहरु युवामार्फत नै गराई युवालाई सक्षम तथा आत्मनिर्भर बनाउन वडा वडामा युवा क्लव गठन गरिएको जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

यसअघि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १,९ र १३ मा युवा क्लव गठन गरिसकिएको अध्यक्ष चौलागाईंले बताए ।
जिल्ला युवा समिती मकवानपुरले गतवर्ष मनहरी गाउँपालिकामा युवा क्लब गठन तथा नमूना यूवा संसदको स्थापना र अभ्यास कार्यक्रम गरेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*