आज सार्वजनिक बिदा

लोकखबर
१० माघ २०७६, शुक्रबार ०६:१०

मकवानपुर । सोनाम ल्होछारको अवसरमा आज (शुक्रबार) बाग्मती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार अर्थात् आजलाई सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने बताए । ‘काठमाडौं उपत्यकाभित्रका संघ मातहतको कार्यालयमा विदा दिन गृह मन्त्रालयकै निर्णय चाहिन्छ, त्यसैले ती तीन जिल्लाका संघ मातहतका कार्यालयमा बिदा हुँदैन, प्रदेशका अन्य जिल्लाका सबै कार्यालयमा विदा हुन्छ’ उहाँले भन्नुभयो ।

आज (शुक्रबार) काठमाडौं उपत्यकामा रहेका प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहमा भने बिदा हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*