कुष्माण्ड सरोवर धाममा गायत्री मन्दिर निर्माणको तयारी

लोकखबर
१७ माघ २०७६, शुक्रबार ०६:०९

मकवानपुर । मकवानपुरको हेटौंडा ९ कुष्माण्ड सरोवर त्रिवेणी धाममा गायत्री मन्दिर निर्माणको तयारी गरिएको छ ।

गायत्री शक्तिपिठले त्रिवेणीधाम मन्दिर परिसर नजिकै निर्माण गर्न लागेको मन्दिरको विहिबार व्यवसायी अजयराज सुमार्गीले शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै सुमार्गीले मकवानपुरको भविष्य विकाततर्फ द्रुत गतिमा बढ्ने हुदा मन्दिर निर्माणको लागि सहयोगी हातको कमी नहुने बताए । उनले जिल्लामा सार्वजनिक जग्गा कम भएको भन्दै मन्दिर निर्माण हुन लागेको जग्गा कसरी व्यक्तिको नाममा पुग्यो भन्ने कुरा पत्ता लगाउनुपर्ने बताए ।

कार्यक्रममा गुठीकी अध्यक्ष कमला श्रेष्ठले मन्दिर निर्माण गर्न पाँचलाखमा जग्गा खरिद गरेको बताएको थिईन् । सुमार्गीले मन्दिर निर्माण हुन लागेको जग्गा ऐलानी भएकाले खरिद गर्न नपर्ने भन्दै कसरी व्यक्तीको नाममा पुग्यो अनुसन्धान गर्नुपर्ने बताए ।

सुमार्गीले मन्दिर निर्माणमा आफूले पनि सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् । कार्यक्रममा समाजसेवी कलादेवी सुमार्गी, अस्मिता सुमार्गी , हरिद्वारबाट आएका डा विष्णु अर्याल, सांस्कृतिक ज्ञान परिषद्का केन्द्रिय अध्यक्ष सुशिलचन्द्र अधिकारी, उद्योग संघ मकवानपुरका महासचिव बासु कार्की लगायतको उपस्थिती रहेको थियो । मन्दिर निर्माण गर्न २० लाख लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*