विद्यालयको बसले अटोमा ठक्कर दिँदा एक जनाको मृत्यु

लोकखबर
१७ माघ २०७६, शुक्रबार १५:४९

मकवानपुरर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङमा आज (शुक्रबार) बसको ठक्करबाट अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना १ क ७००६ नम्बरको सनसाइन इङ्गलिस बोर्डिङ स्कुलको बसले विपरीत दिशातर्फ आउँदै गरेको ना १ ह ६२९१ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट अटोमा सवार हेटौंडा ३ का अन्दाजी ३५ वर्षीय सागर पाख्रीनको मृत्यु भएको हो । गम्भीर घाइते भएका पाख्रीनको चुरेहित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बैतडीको केदारनाथ गाउँपालिका-२ घर भई हाल हेटौंडा उपमहानगरपालिका–११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र सागर पाख्रीनका १४ वर्षीय छोरा मनोज पाख्रीन घाइते भएका हुन् ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *