स्थानीय अखबार :

हेटौंडामा ४ घन्टा पैदल हिडेर विद्यालय आउँनुपर्ने विद्यार्थीको बाध्यता, अबको पाँच वर्षभित्र बागमती प्रदेशमा आमुल परिवर्तन हुने

लोकखबर
१८ माघ २०७६, शनिबार ०८:१२

मकवानपुर । मकवानपुर । बागमती प्रदेशको राजधानी, मकवानपुरको हेटौंडाबाट आज (शनिबार) प्रकाशित स्थानीय अखबार विभिन्न खबर प्रकाशन गरेका छन् ।

हेटौंडा सन्देश दैनिकमा पढ्न ४ घन्टा शीर्षकको समाचार मुख्य समाचार बनाएर छापेको छ । निशा गुरुङले लेखेको समाचारमा भीमफेदी गाउँपालिकाको सामरीबाट हेटौंडा २ स्थित सिद्दार्थ माविमा पढ्न आउँनका लागि विद्यार्थीहरु ४ घन्टा हिड्नुपर्ने बाध्यता रहेको उल्लेख छ । हेटौंडा सन्देशमै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र प्रदेशमा आमुल परिर्वतन हुने बताएका विषयलाई ‘पाँच वर्षभित्र आमूल परिवर्तन : मुख्यमन्त्री पौडेल’ शीर्षकमा समाचार छापेको छ । मुख्यमन्त्री पौडेलले हिजो (शुक्रबार) हेटौंडा १२ स्थित बुद्द माविको नव निर्मित विद्द्यालय भवन उद्घाटन गर्दैै यस्तो बताएका थिए । यस्तै, राष्ट्रिय जन गणना २०७८ को नम्रना जनगणनाका लागि मकवानपुर पनि छनौट भएको, हेटौंडा ६, फागुन २ गते हेटौंडा उपमहानगरपालिकाले कृषि मेला गर्ने, चौघडामा रहेको मुनलाइट इन्टरनेशन स्कुलको १२ औं अभिभावक भेला भएको लगायतका खबर छापेको छ ।

साझाकुरा दैनिकले प्रदेश सरकारप्रति सत्तापक्षकै सांसद असन्तुष्ट बनेको विषय मुख्य खबर छापेको छ । ‘प्रदेश सरकारप्रति सत्तापक्षकै सांसद असन्तुष्ट’ शीर्षकको समाचारमा सरकारको काम प्रभावकारी गर्न नसकेको भन्दै बागमती प्रदेशका सत्तापक्षकै सांसदहरु असन्तुष्ट बनेको उल्लेख छ । हिजो(शुक्रबार) को प्रदेशसभाको बैठकमा बोल्दै सत्तापक्षका अधिकांश सांसदले दोस्रो चौमासिक बित्न लागिसक्दा समेत बजेट खर्च हुन नसकेको, सडक पूर्वाधार निर्माण गर्न तदारुकता नदेखाएको लगायतका आरोप लगाएका हुन् । यस्तै, हिन्दु स्वयंसेवक संघ मकवानपुरले आज (शनिबार) हुने संस्कृत ज्ञान परीक्षाको पूर्वसन्ध्यामा नेपालको राष्ट्रियगानका सर्जक ब्याकुल माइलाको सम्मान तथा स्वागत गरेको, हेटौंडा ११, थानाभर्‍याङमा स्कुल बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार एकजनाको मृत्यु भएको, कुष्माण्ड सरोबर त्रिवेणी धाममा गायत्री मन्दिर निर्माण गरिने, नेकपाको हेटौंडा नगर सल्लाहकार कमिटी चयन भएको, मकवानपुरमै पहिलो पटक ‘भविष्य स्टिम च्यालेन्ज’ हुने लगायतका खबर साझाकुराको आज (शनिबार) को अंकमा प्रकाशित छ ।

समृद्द समाज दैनिकले प्रदेशसभाको हिजो (शुक्रबार) को बैठकले प्रदेश दुग्ध विकास बोर्ड ऐन संशोधन सहित पारित भएको विषय मुख्य खबर बनाएको छ । ‘प्रदेश दुग्ध विकास बोर्ड ऐन संशोधन सहित पारित’ शीर्षकको समाचारमा प्रदेशसभामा बागमती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सदनमा पस्तुत गरेको ऐन छलफलपछि पारित भएको उल्लेख छ । प्रदेशसभाको शुन्य समयमा ११ जनाले बोलेका थिए । अर्को बैठक सूचना टाँस नभएसम्मका लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको कुर्ले कृषि सहकारी संस्थालाई ठूलो ट्याक्टर हस्तान्तरण गरिएको, हेटौंडा स्कुल अफ म्यानेजमेन्टको आयोजनामा हेटौंडामा विज्ञान र प्रविधिीको क्षेत्रमा अन्वेषणात्मक प्रदर्शनी आयोजना हुने, हेटौंडा उपमहानगरपालिकाकी उप प्रमुख मीना लामाले हेटौंडा १८, खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनको १३ औं वार्षिकोत्सव एवं अभिभावक दिवसमा नीजि क्षेत्रको प्रगति स्वीकार्य भएको बताएको लगायतका खबर समृद्द समाजले आफ्नो अंकमा प्रकाशन गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*