प्रविधि

टिकटकको लोकप्रियताबाट लोभिएको गुगलले ल्यायो ‘टाँगी’

लोकखबर
१८ माघ २०७६, शनिबार ०८:४१

मकवानपुर । गुगलले पनि टिकटक जस्तै ‘टाँगी’ ल्याएको छ । चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियता विश्वभर बढिरहँदा गुगलले पनि आफ्नै टिकटक ल्याएको हो ।

छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनिरहेका बेला गुगलले पनि टिकटक ल्याएको हो ।

विश्वकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि आफ्नै ‘टिकटक’ ल्याएको हो । गुगलले ल्याएको उक्त भिडियो मेकिंग तथा सेयरिङ एपको नाम ‘टांगी’ हो । गुगलको एरिया १२० टिमले उक्त एपको निर्माण गरेको हो ।

गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियो शेयर गर्न सकिन्छ । खासगरी कुनै पनि जटिल कामलाई घरमै कसरी सजिलोसँग गर्न सकिन्छ भन्ने विषयका जानकारीमूलक भिडियोहरु यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

टिकटकमा जस्तै टांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन् । टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको गुगलको दावी छ ।

यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा समेटिएका छन । टिकटिकले जस्तै यसले प्रयोगकर्ताको मन जित्ला नजित्ला भविष्यले बताउँनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*