कस्तो छ आजको मौसम ? चिसो नै हुन्छ कि घाम लाग्छ ?

लोकखबर
१९ माघ २०७६, आईतवार ०७:१८

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा आज घाम लाग्ने मौसमविदले बताएका छन् ।

नेपालको पूर्वी तथा मध्य भूभागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेकोले आंशिक बदली हुने महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*