मौसम अपडेट : 

आजको मौसम समान्यतया सफा, कतै-कतै आंशिक बदली हुनसक्ने

लोकखबर
२० माघ २०७६, सोमबार ०८:२०

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) को मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले जारी गरेको मौसमी विवरण अनुसार आज दिउसो पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । महाशाखाका अनुसार सोमबार (आज) राती मकवानपुर लगायत देशभरको मौसम सामान्यतया सफा रहनेछ ।
आफ्नो मौसमी विवरणमा महाशाखाले हाल नेपालमा उल्लेखीनीय रुपमा मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ : 
माघ २० गते (सोमबार)
दिउँसो : पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
माघ २१ गते (मंगलबार)
दिउँसो :  देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ ।
राती : देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भू–भागमा सामान्यतया सफा रहने छ ।
देशको पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
माघ २२ गते (बुधबार)
दिउँसो :  देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ ।
राती : देशभका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*