चीनको नाकामा रोकियो तीन सय बढी कन्टेनर

लोकखबर
२१ माघ २०७६, मंगलवार ०७:३९

काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल-चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन्। नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन्। चीनमा रोकिएका ती कन्टेनरमा रू ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताउनुभयो। सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५-३० सम्म १५ दिनका लागि बन्द गरेको छ। चीनसँग व्यापार-व्यवसाय गर्दै आएका नेपालका व्यवसायीहरू अहिले रोकिएका कन्टेनरहरू कुर्दै सीमावार बसेका छन्। ‘६ फेब्रुअरी ९माघ २३० सम्म चीनमा अड्किएका सामग्रीहरू आयात खुला हुने जानकारी आएको भए पनि तत्कालको अवस्था हेर्दा यो समय लम्बिन सक्छ,’ पौडेलले बताउनुभयो। आज प्रकाशित आर्थिक अभियान दैनिकको खबर ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*