हेटौँडामा ‘हाम्रो शुज’ को उद्घाटन

लोकखबर
२३ माघ २०७६, बिहीबार १५:२४

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कूल रोडमा आज (बिहीबार) ‘हाम्रो शुज’ पसलको उद्घाटन गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पसलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, हाम्रो शुजका संचालक गोविन्द मग्राति, रणसंग्राम दुलाल, रामकुमार तोलाङ्गे लगायतको उपस्थिति रहेको थियो ।

पसलमा स्कूल, कलेज, स्पोर्टस् तथा पार्टी शुज होलसेल मूल्यमा पाईने बताइएको छ । साथै प्रत्येक ग्राहकले जुत्ता खरिद गर्दा प्राप्त रकमबाट १० रुपैयाँ मामाघर नेपालका लागि ३ महिनासम्म सहयोग गर्ने संचालक गोविन्द मग्रातिले बताए । संचालकले आफ्नै उत्पादनमा ‘पब्लिक शुज’ ब्राण्डको जुत्ताहरु उत्पादन गर्दै आएको छ । ‘यो हाम्रो आफ्नै उत्पादन हो, यसले बजार लिनेमा हामी विश्वस्त छौँ’ उनले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*