एभरेष्ट पानोरमा रिर्सोट बन्द

लोकखबर
२८ माघ २०७६, मंगलवार १७:२४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गरेको छ ।
यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन पश्चात रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि बन्द गर्ने निर्णय गरेको हो ।

पर्यटन ऐन, २०३५ को दफा (१०) अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा प्रर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले सचिवस्तरीय निर्णय गरी ३ महिनाका लागि निलम्बन गरिएको पर्यटक विभागले जनाएको छ ।
निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।
साथै निलम्बन अवधि पश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षणरवातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ ।
अनलाइन खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*